Logo

अर्थ

नेप्सेका नवनियुक्त सीईओ सुवेदीद्वारा पदबहाली



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताव सुवेदीले आज शुक्रबारबाट पदबहाली गरेक छन्।

नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयबमोजिम सुवेदी नेप्सेको सीईओमा नियुक्त भएका हुन्। उनले नेप्से सञ्चालक समितिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेप्सेमा कार्यरत कर्मचारीसँगको सक्षिप्त परिचयात्मक कार्यक्रममा नवनियुक्त सीईओ सुवेदीले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, कारोबार सदस्यलगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकताअनुसार पुँजीबजारको विकास तथा विस्तार, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रवर्द्धन गर्ने सन्दर्भमा प्रचलति नियमको परिपालना, संस्थागत सुशासन, प्राविधिक सुधार तथा जनशक्ति व्यवस्थापनमा जोड दिने प्रतिबद्धता गरेका छन्।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।