Logo

खेलकुद

विश्वकप फुटबलमा आज चार खेल



काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरू हुनेछन् । 

आज हुने पहिलो खेलमा क्रोएसियाले मोरोकोको सामना गर्दैछ । समूह ‘एफ’ मा रहेको साविकको उप–विजेता टोली मोरक्को र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा हुनेछ ।

क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।  आज हुने खेलमा सहज जित निकाल्दै क्रिएसिया अघिल्लो विश्वकप जस्तै लय कायम गर्ने योजनामा छ ।

दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । गत संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ ।

यता जापान पनि सहज जितको अपेक्षामा हुनेछ । विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

बुधबार हुने अन्तिम खेलमा बेल्जियमले क्यानडासँग भिड्दै छ । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । बेल्जियम गत संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो । 

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ८ : ११ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।