Logo

बागमती प्रदेश

धादिङ-२ को प्रदेश सभा २ मा राप्रपाका डम्बर तामाङ विजयी



धादिङ । झिनो मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ धादिङ–२ को प्रदेश सभा २ बाट विजयी भएका छन् । राप्रपाका उम्मेदवार तामाङ प्रतिस्पर्धीसँग १ सय ३१ मतान्तरले विजयी भएका हुन् । तामाङले १४ हजार ४ सय ८१ प्राप्त गरे ।

उनका निकटतम् प्रतिस्पर्धी ५ दलीय सत्ता गठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रका जगतबहादुर सिंखडाले १४ हजार ३ सय ५० प्राप्त गरेका छन् । यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका  सन्तोषकुमार तमाङले ४ सय ८७ प्राप्त गरेका छन् ।

धादिङ क्षेत्रनम्बर २ को प्रदेश सभा २ मा ६२ हजार ९ सय ४१ मतदाता रहेकोमा २९ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए । धादिङको यसक्षेत्रमा राप्रपा र एमालेले चुनावी तालमेल गरेका थिए ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ७ : ०१ बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।