Logo

स्वास्थ्य

गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४३४ पुग्यो, थप २५ जनामा कोरोना पुष्टि



गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४३४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका २३ जना, गोरखा र लम्जुङका १/१ जना रहेका छन् ।

गोरखा जिल्ला र लमजुङ जिल्लाका संक्रमित उपचारको लागि चितवन मेडिकल कलेजमा गएका हुन् । उनीहरु सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् । अन्य सबैजना संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।

Gandaki-Corona-Update21.jpg

प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार  ९ : २० बजे