लमजुङ । नेकपा एमालेका उपमहासचिव एवं लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वाम एकता अभियान जारी रहेको बताएका छन् । वाम शक्ति एक नहुँदा त्यसको फाइदा अन्य शक्तिले सधैं लिइरहने भन्दै उनले वाम एकताको आवश्यकता रहेको धारणा राखे ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजेताको प्रमाणपत्र दिएपछि शुक्रबार पत्रकारहरूसँग गुरुङले आफू देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्ति एक हुनुपर्छ भन्ने विचार बोकेको व्यक्ति भएको बताए । ‘म देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्ति एक हुनुपर्छ, एकता हुनुपर्छ भन्ने विचार बोकेको व्यक्ति हुँ । वाम शक्तिबीच कार्यगत एकताको नीति हुनुपर्छ । सुरुदेखि नै वाम शक्तिबीच एकता हुनुपर्छ । त्यो अभियान फेरि जारी रहन्छ ।’
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिने क्रममा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले दुवै मिलेर वाम शक्तिलाई एक गराउनेतर्फ लाग्नुपर्ने बताएका थिए ।




















प्रतिक्रिया