अस्ट्रेलिया कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा डेनमार्कलाई १–० गोलले हराउँदै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो । अल जानौब स्टेडियममा अस्ट्रेलियालाई जिताउन माथेव लेकीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६०औं मिनेटमा लेकीले गरेको गोल नै अस्ट्रेलियाको जितमा निर्णायक बन्यो । समूह ‘डी’ बाट साविक विजेताले समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाइसकेको छ ।
समूहको उपविजेता बनेको अस्ट्रेलिया भने १६ वर्षपछि नकआउट चरणमा प्रवेश गरेको हो । अस्ट्रेलिया सन् २००६ मा पछिल्लो पटक विश्वकपको नकआउट चरणमा पुगेको थियो ।




















प्रतिक्रिया