काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा प्रवेश गरेका छन् ।
स्टेडियम नाइन सेभेन फोरमा सम्पन्न समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो ।
पराजित भएपनि पोल्यान्ड ‘फेयर प्ले’ का आधारमा मेक्सिकोलाई पछि पार्दै समूह उपविजेताका हैसियतले अन्तिम १६ प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलिएन एलभरेजले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
एलभरेजले ६७औं मिनेटमा गोल गरेसँगै अर्जेन्टिनाले २–० को नतिजमा जित पक्का गरेको हो ।
समूह ‘सी’ कै अर्को खेलमा साउदी अरबलाई २–१ गोलको नतिजमा पराजित गरेपनि मेक्सिको बाहिरिएको छ ।
जितसँगै अर्जेन्टिनालो प्रि–क्वार्टरफाइनलमा समूह ‘डी’ को उपविजेता अस्ट्रेलियाको समना गर्नेछ । यस्तै, पोल्यान्डले सोहि समूहको विजेता फ्रान्ससँग खेल्नेछ ।




















प्रतिक्रिया