Logo

स्वास्थ्य

आजैबाट सुधार्नुहोस् मुटु रोगबाट छुटकारा पाउन यी १० बानी



मुटु मानव शरीरको सबैभन्दा महत्वपुर्ण अंग मध्ये एक हो । यस अंगले शरीरमा रक्तनली मार्फत शरीरको रगत पम्प गर्दछ । त्यसैले मुटु शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ । यो बिना जीवन सम्भव हुदैन । तर आजकल गरिने कतिपय खराब जीवनशैली र खानपानका कारण मुटुमा विभिन्न समस्या देखा पर्दछन् । तसर्थ मुटु स्वस्थ राख्न केही खराब बानी छाड्नु पर्ने हुन्छ ।

१। अत्यधिक नुन वा चिनीले मुटुमा असर पार्ने भएकाले चर्को खाने बानी त्याग्नु पर्दछ ।
२। धुम्रपानले रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्दछ त्यसैले यो बानी छाड्नु पर्दछ ।
३। धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्दछ ।

४। धेरै तनाव लिँदा रक्तचाप बढ्ने र मुटुमा दबाब पर्छ र मुटुरोग लाग्ने संभावना हुन्छ ।
५। शारीरिक परीश्रमको काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ ।
६। व्यायामको अभावमा शरीरमा राम्ररी रगत बग्न पाउँदैन र मुटुमा समस्या देखिन्छ ।

७। धेरै खाने बानीले रक्तनलीमा बोसो जम्दछ । यसले उच्च रक्तचापको जोखिम हुन्छ ।
८। अबेर रातीसम्म नसुत्ने, निन्द्रा अधुरो हुदा पनि रक्तचाप र मुटुमा समस्या हुन्छ ।
९। दाँत र गिजाको समस्याले पनि मानिसमा मुटुरोग बढाउने गर्दछ ।
१०। निद्रामा घुर्ने मानिसमा पनि मुटुको समस्या हुने गर्दछ।

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार