Logo

प्रमुख समाचार

कांग्रेस प्रवक्ता महत प्रचण्ड भेट्न खुमलटार पुगे



काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर प्रवक्ता महतले प्रचण्डलाई भेटेका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै, गठबन्धन र समसामयिक राजनीतिक बिषयमा छलफल भएको उनले बताए ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अबको सरकार कसरी चलाउने भन्ने विषयमा छलफल भइरहेको छ । सोही क्रममा प्रवक्ता महत प्रचण्ड भेट्न पुगेका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार ११:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।