काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनका उमेदवारकै अग्रता देखिएको छ । प्रतिनिधिसभातर्फ हालसम्म २२ हजार ९६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्कीले नै लिड गरेका छन् । उनले ११ हजार २२० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १० हजार ३११ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखाको प्रदेशसभातर्फ ‘१’मा १९ हजार ३६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उमेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार १७३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ८ हजार ३८० मत ल्याएका छन् ।
प्रदेशसभा ‘२’मा भने २४ हजार ४१० मतगणना हुँदा एमालेले अग्रता लिएकाे छ । यहाँ एमालेका भरत केसीले ११ हजार ४९१ मत र गठबन्धनबाट कांग्रेसका वर्मा लामाले ११ हजार ४३९ मत प्राप्त गरेका छन् । लामा केसीभन्दा झिनाे मतले मात्र पछि परेका छन् । दोलखामा कुल ८५ हजार ३८८ मत खसेको छ ।




















प्रतिक्रिया