Logo

राजनीति

बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डे झन्डै चार हजार मतले अगाडि



काठमाडौं । बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायमै छ । पछिल्लो पटक प्राप्त मतपरिणामअनुसार कांग्रेसका पाण्डेले १७ हजार ४० मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एलेका कर्ण थापा १३ हजार १५२ मत ल्याएका छन् । जसअनुसार सत्ता गठबन्धनका पाण्ड एमालेका थापाभन्दा ३ हजार ८८८ मतले अगाडि छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म प्रदेशसभा निर्वाचन क्षेत्र १ का हिमाली गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिका वडा नम्बर ५ र प्रदेशसभा निर्वाचन क्षेत्र २ का बडिमालिका, बुढिगंगा १ , २ ३ , ४ , ७, ९ र १० त्रिवेणी १, २, ४ र ८ को मतगणना सकिएको छ । बाजुरामा ८३ हजार ५६७ कुल मतदाता रहेका छन् भने ६० हजार १५२ मत खसेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १६:५३   :  बजे

426
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।