Logo

राजनीति

स्याङ्जा–२ : धनराज गुरुङको जित सुनिश्चित, २ हजार गन्न बाँकी हुँदा पद्मा अर्याल ५ हजार मतले पछि



काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ । ७० हजार १९१ मतमध्ये ६८ हजार ५ सय गणना हुँदा पाँच हजार भन्दा बढी मतको अग्रता लिँदै उनले जित सुनिश्चित गरेका हुन् ।

गुरुङले ३० हजार ९६८ मत पाएका छन् भने एमालेकी पद्मा अर्यालले २५ हजार २०३ मत पाएकी छन् । प्रदेश २ मा पनि कांग्रेसकै महेश भट्टराईको जित निश्चित भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १९:५९   :  बजे

378
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।