Logo

खेलकुद

आईसीसी विश्वकप लिग टु : स्कटल्याण्डको समाना गर्दै नेपाल



काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज (आइतबार) दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।

यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाडेको थियो । यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।आजको खेल आगामी वर्ष भारतमा आयोजना हुने आईसीसी कएदिवसीय विश्वकपको छनोट अन्तर्गतको लिग टू को ११७ औं खेल हो । यस त्रिदेशीय सिरिजमा नेपाल र स्कटल्याण्ड सहित घरेलु टोली नामिबियाको समेत सहभागीता रहेको छ । नेपाललाई विश्वकप छनोटमा पुग्न तथा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न यो खेल महत्वपुर्ण रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार ११:३८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।