Logo

खेलकुद

आईसीसी विश्वकप लिग टु : स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा



काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाडेको थियो ।

यस सिरिजमा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

सोमपाल वेञ्चमा

स्कटल्याण्डसँगको खेलमा नेपालले सोमपाल कामीलाई वेञ्चमा राखेको छ । प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर),अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, करण केसी, ललित नारायण राजवंशी, गुल्सन झा र सागर ढकाल छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १३:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।