Logo

प्रमुख समाचार

प्रस्तोताले जब कान्छी सांसद सोबिता गौतमलाई सोधे ‘लभ परेको छ ?



काठमाडौं क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम देशव्यापी रुपमा चर्चामा रहेकी छिन् । नेपाली कांग्रेस र माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत हराएर सानदार चुनाव जितेपछि गौतमको चर्चा चुलिएको हो ।

सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेकी ओनसरी घर्ती दोस्रो पनि हुन सकिनन् उनी चौथौ भइन् । सभामुख समेत भइसकेको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले प्रधानमन्त्री समेत हुन सक्ने भनेर ओनसरीको बिज्ञापन गरे पनि काठमाडौं २ का जनताले भोट दिएनन् उनी नमज्जासँग पराजित भइन् ।

काठमाडौं २ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उम्मेदवार मणिराम फुयाल पनि गौतमको अघि टिक्क सकेनन् पराजित भए । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो ।

जम्मा २७ बर्षकी गौतमले सबैको घण्टी बजाइन् । सांसद फेरिरहने काठमाडौं २ ले ५ बर्षका लागि गौतमलाई आफ्नो जनप्रतिनिधीको रुपमा चुनेको छ । प्रत्यक्ष तर्फ निकै कम मात्रै महिला निर्वाचित भइरहेको अवस्थामा रास्वपाबाट मात्रै दुई जना महिलाहरु प्रत्यक्ष निर्वाचित भएका छन् ।

काठमाडौँ २ बाट सोबिता गौतम र ललितपुर ३ बाट डा. तोसिमा कार्की भारी मतले निर्वाचित भएका छन् । पेसाले गौतम वकिल हुन् भने तोसिमा डाक्टर । २७५ सदस्यीय प्रतिनिधी सभामा गौतम सबैभन्दा कान्छी सांसद भएकी छिन् ।

सम्भवत २७ बर्षको उमेरमा प्रत्यक्ष निर्वाचित हुने महिलामा आज सम्मकै रेकर्ड उनले बनाएकी छिन् । तर्कपूर्ण र आकर्षक वाककलाका कारण पनि उनको चर्चा धेरै भएको छ । सानै उमेरमा माननीय बन्न सफल गौतमले लामो राजनीतिक यात्रा तय गर्ने निधो गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ की जाँदैन यकिन भएको छैन । पार्टी सरकारमा गएमा र मौका पाएमा कानुन मन्त्रालय या संचार मन्त्रालय हाक्ने सक्ने उनले बताएकी छिन् । पेसाले वकिल भएको र लामो समय संचारकर्ममा पनि रहेका कारण संचारमन्त्री बने पनी राम्रो काम गर्न सक्ने उनले बताएकी छिन् ।

गौतमको सपनाको आकार अलि लामै छ । कुनै दिन नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना समेत उनले बनाएकी छिन् । एक टेलिभिजन कार्यक्रममा राजनीतिक भविश्यबारे सोधिएको एक प्रश्नको जवाफ दिँदै गौतमले भनेकी छिन् के थाहा एक दिन यो देशको पहिलो महिला प्रधानमन्त्री पो बन्छु की १ अहिले सम्म कोहि बनेको छैन क्यारे १

नेपाल टेलिभिजनको एक अन्तवार्ताका क्रममा गौतमले आफ्नो पारिवारिक राजनीतिक र पृष्ठभूमि, भावी योजना लगायतका बिषयमा खुलेर कुराकानी गरेकी थिइन् । दोलखाको जफे जामुनेमा जन्मिएर काठमाडौँ आएर गरेको संघर्ष र सफलताको कथा उनले सेयर गरेकी थिइन् ।

कुनै समय नेपाल टेलिभिजनमै कार्यक्रम प्रस्तोताको रुपमा काम गर्ने गौतम माननीय सांसदको हैसियतमा एनटिभीमै अन्तवार्ता दिन पाउनु आफैँमा गौरवपूर्णक्षण थियो । उनले उक्त अन्तवार्तामा सबै बिषयमा खुलेर जवाफ दिएकी थिइन् । कार्यक्रमको अन्तिम तिर प्रस्तोताले उनलाई प्रश्न गरे (लभ परेको छ की छैन ?

अविवाहित गौतमले केहि केहिक्षण रोकिँदै सहज जवाफ दिइन् (‘लभ…परेको छ, । उक्त अन्तवार्ताको क्लिप अहिले टिकटकमा भाइरल भएको छ । कान्छी माननियको चर्चा यत्रतत्र सर्वत्र चलिरहेको छ ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार  १० : ४७ बजे

2.04k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।