Logo

प्रमुख समाचार

काठमाडौं आउनेवित्तिकै ज्ञानेन्द्र शाहीले गरे यस्तो ठूलो घोषणा



मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट भारी मतले निर्वाचित भएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही सांसद निर्वाचित भएपछि पहिलो पटक काठमाडौं आइपुगेका छन् । शाहीलाई काठमाडौँका उनका समर्थकले भव्य स्वागत गरेका छन् ।

काठमाडौं टेक्ने वित्तिकै शाहीले गरेको घोषणाले देशभरका उनका समर्थकहरुमा खुशियाली छाएको छ । विवादीत एमसीसी परियोजनाको खरो विरोध गरेर चर्चामा आएका शाहीले यो बिषयमा संसदमा खरो रुपमा उठाउने उद्घोष गरेका छन् ।

नवनिर्वाचित सांसद शाहीले संसदको पहिलो बैठकमै एमसीसी विरुद्ध आवाज उठाउने घोषणा गरेका छन् । शाहीले प्रतिनिधित्व गर्ने पार्टी राप्रपाले पनि एमसीसीको विरुद्ध आवाज उठाउदै आएको छ । शाहीले ठूला भ्रष्टाचारको काण्डबारे पनि आफूले पहिलो बैठकमै संसदमा आवाज उठाउने बताएका छन् ।

निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए । अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।’

भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा चिनिएका शाही राप्रपामा राजेन्द्र लिंदेन अध्यक्ष भएपछि राप्रपा प्रवेश गरेका थिए । पार्टी राजनीतिमा प्रवेश गरेको छोटो समयमै उनले छलाङ मारेका छन् । खरो रुपमा बोल्ने स्वभावका शाही आफ्नो अभिव्यक्तिकै कारण चर्चामा रहेका छन् ।

शाहीले अहिले राप्रपा सरकारमा जाने खेलमा नलाग्ने र प्रतिपक्षमै बसेर दरिलो भूमिका खेल्ने पनि बताएका छन् । निर्वाचनका दौरानमा भने उनले आफू चुनाव जितेपछि शक्तिशाली मन्त्री बन्ने र जिल्लाको विकास गर्ने बताएका थिए ।

माओवादी केन्द्रले आफ्नो प्रभाव क्षेत्र मान्ने जुम्लामानै शाहीले राप्रपाबाट भारी मतले चुनाव जितेपछि उनको चर्चा निकै चुलिएको छ । उनले ४ महिना देखी जुम्लामा बसेर क्याम्पेनिङ गरेर सहज जित निकालेका थिए । उनी सामाजिक संजालबाट चर्चामा आएका पात्र हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार २३:१८   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।