कतारको राजधानी दोहास्थित अल जानब स्टेडियममा जारी खेलमा जापानसँग क्रोएसियाले बराबरी गोल गरेको छ । खेलको ५५औं मिनेटमा इभान पेरिसिकले गोल गरेपछि क्रोएसिया बराबरीमा फर्किएको हो ।
त्यसअघि खेलको ४३औं मिनेटमा दाइजन मेइदाले गोल गरेपछि जापानले पहिलो हाफभरि १(० गोलको अग्रता बनाएको थियो। उनले माया योशिदाको पासमा आकर्षक गोल गरेका हुन् ।
समूह ‘एफ’मा क्रोसिया उपविजेता बनेर अगाडि बढेको हो । जापान भने जर्मनी र स्पेनजस्ता महाशक्ति फुटबल राष्ट्रलाई हराएर समूह विजेताका रूपमा क्वार्टरफाइनल खेल्दै छ ।
समूह ‘ई’मा जापानले जर्मनी र स्पेनलाई समान २–१ अन्तरले हराएको नतिजालाई विश्वकपकै स्तब्धकारी नतिजाहरू मानिएको छ । अब क्रोसियालाई हराएर जापान अर्को स्तब्धकारी नतिजा निकाल्ने तयारीमा छ ।




















प्रतिक्रिया