Logo

स्वास्थ्य

२४ घण्टामा ४ हजार ३९२ कोरोना पुष्टि,मृतकको संख्या ७०० नाघ्यो



देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा  २५ हजार ४६ जना रहेका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा जानकारी दिए । 

यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ। 

यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए । 

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार