Logo

अर्थ

चिलिमे जलविद्युतकाे लाभांश घोषणा, एजीएम र बुकक्लोज मिति पनि तय



काठमाडाैं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ७.६ प्रतिशत बोनस सेयर र ७.६ प्रतिशत नगद लाभांश छन्। कम्पनीले प्रस्तावित लाभांश अनुमोदन गर्न आगामी पुस २३ गते २६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैलेमंसिर २९ गते (पुस १ गते शुक्रबार र पुस २ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १२:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।