Logo

अर्थ

सेयर बजारमा आज पनि गिरावट, डेढ अर्ब माथिकाे काराेबार



काठमाडाैं । साताको अन्तिम कारोबार दिन (बुधबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । मंगलबार पनि सेयर बजार ४.८७ अंकले घटेको थियो ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ बिन्दुमा ओर्लिएको छ । आज सेन्सेटिभ परिसूचक पनि ४.४४ अंकले घेत्र १३६.६४ बिन्दुमा झरेको छ ।

कारोबार अवधिभर २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँमा किनबेच भएको छ । आज कारोबार रकम भने बढेको छ । मंगलबार १ अर्बको पनि कारोबार हुन सकेको थिएन ।

यस दिन ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार  ३ : ५० बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।