काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।
यस सिरिजमा दुबै देश चौथो खेल खेल्दैछन् । तेस्रो खेलमा स्कटल्याण्ड नामिबियासँग पराजित भएको थियो । नेपाल पनि तेस्रो खेलमा नामिबियासँग नै पराजित भएको थियो ।
यस सिरिजमा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन् । दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ ।
यी हुन् प्लेइङ–११
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्शन झा, आरिफ शेख, हरिशंकर साह, सागर ९काल र ललित राजवंशी ।
वेञ्च : कुशल भुर्तेल, करण केसी र नन्दन यादव ।




















प्रतिक्रिया