Logo

समाचार

सडक विस्तारका क्रममा फाइबर काटिँदा एनसेलकाे सेवा अवरुद्ध, कम्पनीले माग्यो माफी



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सेवा अवरुद्ध भएकोमा सेवाग्राहीसँग माफी मागेको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको बताउँदै सेवाग्राहीसँग माफी मागेको हो ।

बिहीबार विहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको थियो । कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरूमार्फत मर्मतको काम भएको एनसेलले जनाएको छ । ‘अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ एनसेलले भनेको छ ।

कम्पनीले अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन सबैलाई अनुरोध गरेको छ । अहिले एनसेलकाे सेवा सुचारु भइसकेकाे छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १३:४७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।