कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अहिले सर्वाधिक सफल टिम ब्राजिलले साविक उपविजेता क्रोएसियासँग खेलिरहेको छ ।
राजधानी दोहास्थित एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा ब्राजिल र क्रोएसियाले बराबरी खेका छन् ।
प्रतिस्पर्धात्म खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । क्रोएसियाको तुलनामा ब्राजिलले केही हदसम्म राम्रो प्रदर्शन गरेको भए पनि खेलमा गोल हुन सकेको छैन ।
यस खेलको विजेता टिमले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेता राष्ट्रले खेल्ने छ । यस खेलमा स्टार नेयमार लिजेन्ड खेलाडी पेलेको रेकर्ड तोड्ने दाउमा छन् ।
नेयमार ब्राजिलका लिजेन्ड खेलाडी पेलेको कीर्तिमानभन्दा मात्र एक गोलले पछाडि छन् । पेलेले ७७ गोल गरेका छन् । अब, नेयमारले एक गोल गरेमा उनले ब्राजिलका लागि सर्वाधिक धेरै गोल गर्ने पेलेको रेकर्ड तोड्ने छन् ।
यसैगरी पेले र रोनाल्डोपछि नेयमार ब्राजिललाई लागि तीन फरक विश्वकपमा गोल गर्ने खेलाडी बनिसकेका छ । जारी विश्वकपमा नेयमार तीन खेल खेल्दा एक गोल र एक असिस्ट गरेका छन् ।




















प्रतिक्रिया