Logo

प्रमुख समाचार

राप्रपाबाट पुरुषतर्फको समानुपातिक सांसद बने राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुरुष तर्फबाट समानुतानिक सांसदको नाम टुंगो लगाएको छ । पार्टीबाट पुरुषतर्फ पशुपतिशमशेर राणा समानुपातिक सांसद बन्ने भएका हुन् । अरू सांसदबारे निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मा दिइएको छ ।

प्रतिनिधि सभामा राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ । राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १६:०७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।