Logo

प्रमुख समाचार

आयाेगले आज समानुपातिक सांसद्काे सूची रुजु गर्दै



काठमाडौं । निर्वाचन आयाेगले आज विभिन्न राजनीतिक दलहरूले बुझाएकाे समानुपातिक सांसद्काे सूचीमाथि रुजु गर्दैछ ।हिजाे शनिबार दलहरूले आयाेगमा बुझाएकाे सूची आज रुजुगरी सकेसम्म भोलि नै रास्ट्रपतिलाई प्रतिवेदन बुझाउने गरी तयारी भइरहेकाे आयाेगले जनाएकाे छ ।

आयाेगका अनुसार सबै काम सकेर प्रतिवेदन बुझाएपछि निर्वाचन प्रक्रियाले पूर्णता पाउनुका साथै आयोगको काम पनि सकिन्छ ।

त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। प्रतिवेदन बुझाएको एक महिनाभित्र सम्सदको अधिवेशन आह्वान भइसक्नुपर्छ भने ३५ दिन भित्र नयाँ सरकार गठन भइसक्नुपर्ने संबैधानिक व्यवस्था छ ।

यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन‍मा प्रतिनिधिसभामा नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, मा‌‌ओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राप्रपाका ७ र जसपाका ५ समानुपातिक सांसद छानिएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।