Logo

खेलकुद

खेलकुदमन्त्री गहतराज र एसिया रग्बीका अध्यक्ष धलाइबीच भेटवार्ता



काठमाडौं ।युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र एसिया रग्बी एसोशियसनका अध्यक्ष कैस अल धलाइबीच भेटवार्ता भएकाे ५ । बिहीबार नेपाल आएका धलाइले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री गहतराजसँग भेटवार्ता
गरेका हुन् ।

भेटका क्रममा नेपालमा रग्वी खेलको विकासका विविध पक्षबारे छलफल भएको थियो । नेपालमा रग्वी खेलको विकासका लागि सरकारले प्रयास गरीरहेको बताउँदै मन्त्री गहतराजले एसिया रग्बीका अध्यक्षको नेपाल भ्रमणले अन्तराष्ट्रिय लागनी भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे ।

भेटमा धलाइले नेपालमा रग्बी खेलको सम्भावना प्रचुर रहेको उल्लेख गर्दै पूर्वाधार तथा रग्बी खेलको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए । शनिबारदेखि दशरथ रंगशालामा संचालन भएको दुई दिने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपकालागि धलाइ बिहिबार नेपाल आएका हुन् ।

नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना गरीएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १९:४३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।