Logo

खेलकुद

महानगरको मैत्रीपूर्ण फुटबल : बालेनको टिमले खायो ६ गोल



काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘प्रमुख ११’ र ‘प्रमुख प्रशासकीय अधिकृत ११’ को मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।

२८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गाेल खाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिम विजयी भएको छ । ११ प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट ६ र प्रमुखको तर्फबाट १ गोल प्रहार भएको थियो । महानगरका करिब ५० जना खेलाडी फुटबलमा सहभागी थिए ।

मेयर बालेन, उपमेयर सुनिता डंगोल, वडाअध्यक्ष र वडासदस्यहरू एकातर्फ र अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृत अधिकारीलगायत विभागीय प्रमुखहरूबीच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १३:२६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।