Logo

खेलकुद

मोरक्को फाइनलमा पुगे आश्चर्य नमाने हुन्छ : इनरिक



काठमाडौं । स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक लुइस इनरिकले मोरक्को जारी विश्वकप फुटबलको फाइनलमा पुगे कुनै आश्चर्य मान्नु नपर्ने बताएका छन् ।

जारी विश्वकपमा मोरक्कोको प्रर्दशनको प्रशंसा गर्दै इनरिकले ऊ फ्रान्स हराउँदै फाइनलमा प्रवेश गरे कुनै आश्चर्य मान्नु नपर्ने बताएका हुन् । 

उनले वक्तव्य जारी गर्दै स्पेनले मोरक्कोसँग राम्रो खेल प्रर्दशन गर्न नसकेको बताएका छन् । चार वर्षदेखि स्पेनको टोली सम्हालेका इनरिकेले यो समय परिवर्तनको भएको बताए । उनले आफूले राम्रो काम गरेको दाबी गर्दै राम्रा खेलाडी छनोट गर्न प्रयास गरेको उल्लेख गरेका छन् ।

स्पेन विश्वकपबाट बाहिरिएपछि इनरिकेले मोरक्को फाइनलमा पुग्दा आश्चर्य नमान्न भन्दै यो फाइनलमा पुग्न हकदार टोली भएको बताए । फुटबलमा मेस्सीको सम्मानका लागि पनि अर्जेन्टिनाले विश्वकप  जित्नुपर्ने उनको बुझाइ छ । 

विश्वकपमा मोरक्कोका सोफयान अम्ब्रात, हाकीम जियच र इज्जुद्दिन ओनाहीको असाधारण प्रर्दशनको इनरिकले प्रशंसा गरे । एजेन्सी

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार ०९:२८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।