Logo

खेलकुद

फिफा विश्वकप : सातौं मिनेटमा क्रोएसियाले लिएको अग्रता मोरक्कोले नवौं मिनेटमै तोेड्यो



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थानका लागि अहिले मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा राति ८ः४५ बाट सुरु भएको दुईदेशबीचको खेलमा रोचक प्रतिस्पर्धा भइरहेको छ ।

मोरक्कोविरुद्ध केही बिलियो मानिएको क्रोएसियाले खेलको सातौं मिनेटमै एक गोलले अग्रता थियो । तर त्यो अग्रतालाई मोरक्कोले दुई मिनेटमै तोड्दै गोल फर्कायो ।

यो समाचार तयार पार्दासम्म दुवै देशको १–१ गोलको बराबारीमा खेल खेलिरहेका छन् । आज मोरक्को र क्रोएसिया तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रेका । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार २१:२३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।