Logo

खेलकुद

पहिलो हाफमा क्रोएसियालाई अग्रता



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थानका लागि अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जारी दुई देशबीचको खेलमा रोचक प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो हाफको खेल सकिँदा मोरक्कोविरुद्ध क्रोएसिया २–१ गोल अन्तरले अगाडि छ । क्रोएसियाका लागि खेलको सातौं मिनेटमा जस्को गार्भाडिओलले गोल गरेर टिमलाई अग्रता दिलाए । तर नवौं मिनेटमै मोरक्कोका अच्राफ दरीले गोल फर्काएर खेल बाराबरीमा ल्याए । तर खेलको ४२औं मिनेटमा पुनः क्रोएसियाका मिस्लाभ ओर्सिचले अर्को गोल गरे ।

आज मोरक्को र क्रोएसिया तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रेका । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार २१:३५   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।