Logo

खेलकुद

पहिलो हाफमा अर्जेन्टिना २–० ले अगाडि, फ्रान्सले गोलपोस्टमा एक प्रहारसमेत गर्न सकेन



काठमाडौं । कतार विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीको प्रतिस्पर्धा भइरहेको छ । कतारको लुसिल स्टेडियममा जारी फाइनल खेलमा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना २–० गोलले अगाडि छ ।

खेलको २३औं मिनेटमा कप्तान मेस्सीको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले खेलको ३६औं मिनेटमा एन्जेल डी मारियाले अर्को गोलबाट अग्रता थप बलियो बनाएका हो । सुरुदेखि नै तुलनात्मक रुपमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध वर्चस्व जमाइरहेको छ ।

अर्जेन्टिनाले ६ पटक पोस्टमा प्रहार गरेको छ । जसमध्ये ३ प्रहार पोल नजिकबाट बाहिरिएको छ । फ्रान्सले भने अहिलेसम्म कुनै टार्गेटेड प्रहार गर्न सकेको छैन ।

अर्जेन्टिनाले कर्णरकाे दुई अवसर पाउँदा फ्रान्सका लागि यो अवसर जुरेको छैन ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार २१:४०   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।