Logo

खेलकुद

अर्जेन्टिनी सुपर स्टार मेस्सीको नाममा कीर्तिमानै-कीर्तिमान



काठमाडाैं । अर्जेन्टिनी सुपर स्टार लियोनेल मेस्सीले विश्व फुटबलमा दुई नयाँ कीर्तिमान बनाएका छन् । फ्रान्सविरुद्धको फाइनल खेलमा पेनाल्टीबाट गोल गर्दै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

सात पटकको बालोन डि’ओर विजेताले खेलको २३ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । योसँगै उनले विश्वकपका हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका हुन् । उनले समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्न सफल भएका छन् ।

यता मेस्सी लिजेन्डरी ब्राजिलियन खेलाडी रोनाल्डोसँगै विश्वकप र कोपा अमेरिका प्रतियोगितामा २५ गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । त्यस्तै, मेस्सी फिफाको प्रतियोगितामा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी पनि बनेका छन् । उनले यसमा इटालीका डिफेन्डर पाउलो माल्दिनीलाई उछिनेका हुन् ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार २२:०९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।