काठमाडौं । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका लिओनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यास नलिने भएका छन् । उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा विश्व च्याम्पियनका रुपमा अझै केही खेलहरू खेल्ने बताएका छन् ।
‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेस्सीले भनेका छन् ।
अर्जेन्टिनी सुपर स्टार मेस्सीले कतार विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्ने बताइएको थियो । आइतबार फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर अर्जेन्टिना विश्वविजेता बनेको हो । मेस्सीले कतार विश्वकपमा गोल्डेन बल समेत जिते ।




















प्रतिक्रिया