काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिएको छ । बुधबार बिहान हुने निर्वाचनका लागि आज (सोमबार) निर्वाचन समितिले नामावली प्रकाशन गरेको हो ।
कांग्रेस संसदीय दलको निर्वाचनमा ८९ जनाले मतदान गर्नेछन् । दलको नेता बन्न मंगलबार दिउँसो २ बजेदेखि उमेदवारी दर्ता हुनेछ ।
हालसम्म निर्वाचनको मैदानमा सभापति शेरबहादुर देउवासहित, नेता शेखर कोइराला र महामन्त्री गगन थापा छन् । संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार हुन् भने इतर पक्षबाट शेखर र गगन दुईजनाको दाबी छ । तर सहमतिमा एक जना मात्र देउवाविरुद्ध उठ्ने गरी इतर पक्षमा प्रयास भइरहेको छ ।
मतदाता नामावली

























प्रतिक्रिया