नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेका छन् । पार्टीको १४औँ महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गरेका हुन् ।
देउवाको प्रस्तावकमा पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् ।
कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।




















प्रतिक्रिया