काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा गगन थापालाई सघाउन नेता शेखर कोइरालाले प्रकाशमान सिंहसँग आग्रह गरेका छ । कांग्रेस संसदीय दलको निर्वाचन भोलि (बुधबार) बिहान ८ बजे हुँदै छ । निर्वाचनको पूर्वसन्यामा गगन थापासँगै चाक्सिबारी पुगेर शेखरले आफूहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
संस्थापनइतर पक्षबाट उम्मेदवारी मनोनय गरेका गगनसँगै आज (मंगलबार) साँझ शेखर सिंहनिवास चाक्सिबारी पुगेका हुन् । उनीहरुले नेता सिंहलाई भोलि हुने निर्वाचनमा आफूहरूलाई सघाउन आग्रह गरेका छन् । यता सिंहको सचिवालयले भने उनले हालसम्म कसैको पक्षमा नखुलेको र शेरबहादुर देउवा र गगनमध्ये कसलाई समर्थन गर्ने भन्ने विषयमा आन्तरिक छलफलमा नै रहेको बताएको छ ।
संसदीय दलको निर्वाचनका लागि गगनसँगै पार्टी सभापति देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।




















प्रतिक्रिया