Logo

प्रमुख समाचार

धोबीखोला देवीनगरका अतिक्रमित संरचनामा चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १० देवीनरका अवैध संरचनामा डोजर चलाएको छ । धोबीखोला किनार क्षेत्रमा निर्मित अवैध संरचनामा महानगरले डोचर चलाएको हो ।

काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो ।

काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि त्यस क्षेत्रका व्यवसायी भागाभाग भएका छन् । महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका हुन् ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १३:३०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।