काठमाडाैं । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घाेषणा गरेकाे छ । कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको बाँडफाँटका लागि उपलब्ध मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ५ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।




















प्रतिक्रिया