Logo

अर्थ

राधी विद्युतको लाभांश घोषणा, बोनस सेयर कति ?



काठमाडाैं । राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ४.७५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारणसभा यही पुस २८ गते काठमाडौंको त्रिपुरेश्वस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेका साथै नियमावलीमा संशोधन, वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका एजेण्डाहरु पारित गर्नेछ ।

नियामक निकायहरुको निर्देशनमा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएम सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १६:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।