पोखरा । गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुलाई पुस १४ गते शपथ गराउने तयारी गरिएको छ । प्रदेशसभा ज्येष्ठ सदस्य नेकपा एमालेका मित्रलाल बस्यालले अन्य सदस्यहरुलाई शपथ खुवाउने छन्, त्यसअघि उनले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्ने छन् ।
पर्वत २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सबैभन्दा जेष्ठ सदस्य बस्याल ६५ वर्षीय हुन् । उनलाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते कार्यालयमै शपथ गराउने तयारी छ ।




















प्रतिक्रिया