Logo

गण्डकी प्रदेश

गण्डकीमा अन्य सांसदलाई शपथ खुवाउने ज्येष्ठ सदस्य मित्रलाल बस्याल



पोखरा । गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुलाई पुस १४ गते शपथ गराउने तयारी गरिएको छ । प्रदेशसभा ज्येष्ठ सदस्य नेकपा एमालेका मित्रलाल बस्यालले अन्य सदस्यहरुलाई शपथ खुवाउने छन्, त्यसअघि उनले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्ने छन् ।

पर्वत २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सबैभन्दा जेष्ठ सदस्य बस्याल ६५ वर्षीय हुन् । उनलाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते कार्यालयमै शपथ गराउने तयारी छ ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार २०:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।