Logo

राजनीति

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिँदैछन् १५ भाषामा शपथ



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले बिहीबार शपथ लिँदैछन् । प्रतिनिधिसभामा रहेका २७५ जना सांसदहरुमध्ये २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ लिने छन् भने अन्य सांसदले नेपाली भाषामा शपथ लिन लागेका छन् ।

संसद् सचिवालयका अनुसार सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारु, कोइरकोयू, मैथली, नेपाली खस, मधेसी भाषा, सन्याली भाषा, नेपाल भाषा, अवधि, नेपालीरमुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिनेछन् ।

सांसदहरूलाई ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।

कसले कुन भाषामा लिँदैछन् शपथ

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १२:४२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।