Logo

खेलकुद

महान फुटबलर पेलेको स्वास्थ्य थप जटिल



काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पूर्व सुपरस्टारको क्यान्सर फैलँदो अवस्थामा रहेको बताएको छ । तीनपल्ट फिफा विश्वकप उपाधि जितेका पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ ।

पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको क्रिसमस अस्पतालमै हुने जनाएकी छन् । सेप्टेम्बर २०२१ मा पेलेको ठूलो आन्द्राबाट ट्युमर निकालिएको थियो । त्यसयता उनको नियमित उपचार हुँदै आएको छ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १३:१३   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।