काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका विषयमा छिट्टै गठबन्धनको बैठक बसेर छलफल हुने बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले अहिलेसम्म सरकार गठनका विषयमा गठबन्धनमा कुनै छलफल नै नभएको बताए ।
त्यस्तै, राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए । पद बाँडफाँटका विषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनको भनाइ छ । नेपालले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षाअनुसार आफू अघि बढ्ने बताए ।




















प्रतिक्रिया