काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन् । सबै प्रक्रिया सहज ढंगले अघि बढेको भन्दै अब नयाँ सरकार अहिलेको गठबन्धनकै बन्ने बताए ।
प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ। अब सरकार पनि त्यहीअनुसार बढेर काम गर्छ। गठबन्धनकै सरकार बन्छ। तर, नेतृत्वबारे छलफल गर्दै छौँ।’
गठबन्धनबाट शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेका छन् । चुनावी सरकारको नेतृत्व देउवाले गरेको भएकाले आलोपालो सहमति अनुसार आफूले प्रधानमन्त्री पाउनुपर्ने प्रचण्डको अडान छ।




















प्रतिक्रिया