काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस र नेकपा एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिएका छन् । स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने आफूहरुको चाहना भएको बताए ।
प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा लिङ्देनले भने, ‘सरकार गठनका लागि कुनै दलको बहुमत छैन । हामीले सरकार गठनका लागि अगाडि सारेका पनि छैनौं । ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् भन्ने चाहना छ ।’
प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उनले राप्रपा भने आवश्यकताको आधारमा सरकारमा जानेबारे बताए । आफूहरु मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने पनि उनले प्रष्ट पारे ।
‘हामी सरकारमा जाँदा हिजोको अवस्थाभन्दा फरक पर्नुपर्छ । सुशासन र सेवा प्रवाहको हिसाबले आउने सरकारले फरक ढंगको क्रियाकलाप गर्नुपर्छ। त्यो शर्तमा मात्रै कुनै पक्षलाई समर्थन गर्न सक्छौं’, उनले भने ।




















प्रतिक्रिया