Logo

खेलकुद

एक दिन पछि सर्‍याे नेपाल टी–ट्वान्टी लिग, पुस ९ देखि सुरु हुने



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिता एक दिन पछि सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता एक दिन पछि सरेको जनाएको छ ।

क्यानले प्राविधिक कारणले प्रतियोगिता एक दिन ढिला सुरु हुने जनाएको छ । अब प्रतियोगिता पुस ९ गतेबाट सुरु हुने भएको छ । यस अघि क्यानले प्रतियोगिता पुस ८ बाट २६ गतेसम्म हुने जनाएको थियो ।

क्यानले नेपाल टी–ट्वान्टी लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १७:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।