Logo

प्रमुख समाचार

प्रचण्डसँगको भेटपछि बालुवाटार पुगे प्रकाशमान



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह बालुवाटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै उनी बालुवाटार पुगेका हुन् ।

शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका थिए । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । भेटमा प्रचण्डलाई नेता सिंहले पहिला शेरबहादुर देउवालाई पालो दिन आग्रह गरेका थिए । तर प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए ।

कांग्रेसले राष्ट्रपति पनि नछाड्ने पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान राखेपछि गठबन्धनलाई सकस परेको हो । यद्यपि प्रचण्डसँग बिहीबार बालुवाटारमा भएको भेटमा देउवाले पहिला प्रचण्डलाई सरकारको नेतृत्व छाड्ने विषयमा छलफल गर्न सकिने भन्दै ग्रीन सिग्न दिएका छन् ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १३:१४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।