काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिग भोलि (शनिबार)देखि सुरु हुँदैछ । शुक्रबारदेखि नै सुरु हुने पूर्वनिर्धारित तालिका परिवर्तन गर्दै नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिता एकदिन पछि सारेको हो ।
प्रतियोगितामा उपाधि विजेताले टिमले ५५ लाख पाउने छन् । क्यानले आज पत्रकार सम्मेलन आयोजना गरी नेपाल टी–२० लिगको विजेता टिमले ५५ लाख पाउने बताएको हो । यस्तै दोस्रो हुने टिमले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमशः १० र ५ लाख पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच लाख, उत्कृष्ट बलर र ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै इमर्जिङ प्लेयरले १ लाख ४० हजार र प्लेयर अफ दि म्याचले ४० हजार प्राप्त गर्नेछन् । कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।




















प्रतिक्रिया