काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सी.के) राउतसहित केही सांसदहरुलाई मधेशी भाषामा शपथ ग्रहरण गराएपछि मधेशी आयोगले संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ । पुस ७ गतेको संसद् भवनमा सिकेसहित केही प्रतिनिधिसभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ‘मधेशी भाषा’मा शपथ लिएको भन्दै आयोगले त्यसप्रति आपत्ति जनाएको हो ।
आयोगकी उपसचिव सविता डंगोलले संघीय संसदको सचिवालयलाई शुक्रबार पठाएको पत्रमा भनिएको छ, ‘हालसम्म भाषा आयोगबाट प्रकाशित ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यामान रहेका सूचीकृत अन्य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको देखिन्छ। सो सम्बन्धमा यस आयोगलाई श्री संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराइदिन हुन निर्देशानुसार अनुरोध गरिएको छ ।’
- याे पनि…
‘मधेसी भाषा’मा शपथ लिएको विरोधमा निर्वाचन क्षेत्रमै सीके राउतको पुतला दहन




















प्रतिक्रिया